सत्तारुढ गठबन्धनको बैठकले प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको नागरिकता विधेयक कुनै फेरबदलबिनै शीतलनिवास पठाउने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक मंगलबारको संसद् बैठकमा पेस भइसकेको छ ।संसद्मा छलफलका लागि पेस भएको उक्त विधेयकलाई बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो । दोस्रो पटक शीतलनिवास […]