आज र भोलि देशभर ठूलो पानी पर्ने महाशाखाको अनुमान

काठमाडौं : आज र भोलि देशैभर मौसम बदली हुने भएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई÷तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षाले पहाडी भुभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने मौसम

सम्बन्धित सामग्री

देशभर भदौरे झरी, पर्सिदेखि मौसम खुल्ने सम्भावना

काठमाण्डाै - देशभर झरी परेको छ । धेरै ठाउँमा अस्तिदेखि लगातार झरी परिरहेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देश...

दशैँको नवमीदेखि पूर्णिमासम्म नै बाढी पहिरोको जोखिम : सतर्क रहन मौसमविद्को आग्रह

काठमाण्डौ – दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।  आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।  यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उ...

आज प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर बनेको छ । यसले गर्दा आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना छैन । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । मौसमविद्ले पहाडी &...

आज र भोलि ठूलो पानी नपर्ने

काठमाण्डाै – आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँबाहेक अन्यत्र आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।भोलि बेलुकीदेखि&n...

देशभर मौसममा बदली, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं – देशका धेरै ठाउँको मौसम बदली भई अहिले पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले आज देशभरी कै मौसम खुल्ने संभावना कम रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार आज र भोलि पानी पर्न रोकिए पनि मौसम खुल्ने संभावना भने कम छ । यस्तै केही ठाउँमा ठूलो पानी पर्ने उहाँको अन...