प्रचण्डको चुनावी क्षेत्रमा चुनाव लड्ने डा. आचार्यको तयारी

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र व्यक्तिहरुले धमाधम उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । पछिल्लो पटक काठमाडौंबाट चुनाव लड्ने घोषणा गर्ने स्वतन्त्र उम्मेदवारहरूको लहर नै चल्न थालेको छ ।यसरी चुनावको मिति नै घोषणा नभइ स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि कतिपयले दलहरूको भविष्यमाथि नै चिन्ता प्रकट गर्न थालेका छन् । तर दलका नेताहरुले भने दलको विकल्पमा स्वतन्त्र व्यक्तिहरु हुनै नसक्ने दावी गर्दै आएका छन् । यसै क्रममा साझा विवेकशीलका पूर्वनेता समेत रहेका पूर्