म्याग्दीको सिङ्गा ताताेपानीमा प्राकृतिक चिकित्सालय खुल्दै

म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिङ्गामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी, फिजियोथेरापी, मसाजथेरापी, जलचिकित्सा, अकुपञ्चर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय बनाउन लागेको हो ।