गाउँपालिकाको भवन बनाउन साढे १२ रोपनी जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन बनाउन गाउँपालिकाको केन्द्र मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । २३ जना जग्गाधनीमार्फत गाउँपालिकाका लागि उक्त जग्गा व्यवस्थापन गरिएको हो । भवन लगायत पूर्वाधार बनाउन गाउँपालिकाको नाममा जग्गा नभएपछि नव शहरी बस्ती विकासको अवधारणा अनुसार जग्गाधनीको मञ्जुरीनामा लिएर जग्गा व्यवस्थापनको काम गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले जानकारी दिए । उनका अनुसार २३ जना जग्गाधनीको ३२ कित्तामा रहेको २४ रोपनी जग्गाबाट गाउँपालिकाका लागि साढे १२ रोपनी जग्गा व्यवस्थापन भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवन, सभाहल लगायत पूर्वाधार निर्माणको प्रयोजनका लागि ९ जनाले साढे ७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । त्यसैगरी १४ जना जग्गाधनीले घडेरी लिनेगरी आफ्नो जग्गा गाउँपालिकालाई उपलब्ध गराएका हुन् । २४ रोपनी जग्गा रेखांकन गरिएकोमध्ये सडक विस्तारमा ६ रोपनी, घडेरी फिर्तामा साढे ५ रोपनी र साढे १२ रोपनी गाउँपालिकाका लागि व्यवस्थापन गरिएको समितिका सचिव मुकुन्द शर्माले बताए । गाउँपालिकाले बीचमा जग्गा पर्नेहरूलाई ८ मिटर फराकिलो सडक र बिजुलीको पोल समेतको पूर्वाधार तयार भएको घडेरी बनाएको छ । गोलापोलामार्फत घडेरी पाउनेहरूको स्थानको टुंगो लगाइसकिएको र जग्गा रजिष्टे«शनको प्रक्रियामा गएको गाउँपालिकाले बताएको छ । सबै जग्गाधनीको मञ्जुरीनामा लिएर काम गरिएको र जग्गा व्यवस्थापनको अधिकांश काम सम्पन्न भए पनि केही जग्गाधनी देश बाहिर रहेकाले पूर्णता पाउन ढिलाइ भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । जग्गा व्यवस्थापनमा अहिलेसम्म १ करोड ४६ लाख खर्च भएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाका लागि उपयुक्त स्थानमा जग्गा व्यवस्थापन भएकाले निकट भविष्यमै प्रमुख प्रशासकीय भवन निर्माण योजना अघि बढ्ने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

सम्बन्धित सामग्री

घोराहीमा जग्गा व्यवस्थापन तथा नाप नक्साको काम सुरु

घोराही उपमहानगरपालिकाले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु गरेको छ ।

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ। यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ।...

भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको

हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुने उनको भनाई छ।...

प्रदेश १ : राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

विराटनगर : प्रदेशको नामकरणका लागि प्रक्रिया अगाडि बढाउने प्रदेश सरकारले  निर्णय गरेको छ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। जसका लागि संसदमा रहेका राजनीति दलहरुसँग समन्वय र सहजीकरण गर्न सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको छ।राजधानीमा रहने प्रशासनिक संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल पनि गठन गरेको छ।कार्यदलमा विराटनगर महानगर

प्रहरी चौकीको सम्पत्तिमा मनोमानी

बागलुङको निसीखोला गाउँपालिका– ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् ।

लुम्बिनीको स्थायी राजधानीलाई जग्गा व्यवस्थापन गर्न सकस

३ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको भालुबाङ क्षेत्रमा जग्गा व्यवस्थापन गर्न सरकारलाई सकस परेको छ । यसअघि राप्ती गाउंपालिकाको वडा नम्बर २ र ३ को १४० हेक्टरमा स्थायी राजधानीका लागि पुर्वाधार बनाउने सरकारको तयारी थियो । राष्ट्रिय वन अतिक्रमण गरी वस्ती बसेको भन्दै डिभिजन वन कार्यालय लमही दाङले सूचना निकालेर त्यहाँका […]

रघुगंगाको भवन बनाउन जग्गा व्यवस्थापन

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि गाउँपालिकाको केन्द्र मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ। २३ जना जग्गाधनी मार्फत गाउँपालिकाको लागि उक्त जग्गा व्यवस्थापन गरिएको हो।गाउँपालिकाको भवनलगायतका पूर्वाधार बनाउन गाउँपालिकाको नाममा जग्गा नभएपछि नवसहरी बस्ती विकासको अवधारणअनुसार जग्गाधनीहरुको मञ्जुरीनामा लिएर नयाँ बस्तीको विकाससँगै गाउँपालिकाको लागि जग्गा व्यवस्थापनको काम गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले जानकारी दिए।उनका अनुसार, २३

पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो ।  वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए । “वडास्तरको विपद् व्यवस्थापन कोषमा स्वदेश तथा विदेशमा रहेका व्यक्ति र दाता...

पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो । वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए ।प्रतिरोपनी रु दुई लाखका दरले जग्गा खरीद गरिएको छ । १० आना