बुटवल उपमहानगरबाहेक रुपन्देहीका अन्य पालिकामा भत्कियो गठबन्धन

रुपन्देहीमा बुटवल उपमहानगरपालिका बाहेकका पालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । ती पालिकामा गठबन्धनकै घटकबीच दुई दलीय गठबन्धन बनाएर तालमेल गरिँदैछ । सुरुमा ५ दलीय गठबन्धनभित्र जिल्लाका विभिन्न ६ वटा स्थानीय तहमा मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने सहमति भए पनि बुटवल बाहेकका स्थानीय तहमा एकपछि अर्को उप गठबन्धन बन्ने क्रम जारी छ ।बुटवल उपमहानगरपालिका बाहेकका अन्य पालिकामा  एकीकृत समाजवादी गठबन्धनबाट एक्लिएको छ । एकीकृत समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिन बहादुर गुरुङल