रुपन्देही। अंश विवादमा अदालतबाहिर काकीलाई गोली हान्ने युवक पक्राउ परेका छन्। सोमबार दिउँसो सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंसराम यादवले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए।