जीविकोपार्जन आरन व्यवसायको भरमा

मुगु– मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ । देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहेको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको […]

सम्बन्धित सामग्री

गाउँ छोडेर सहरमा आरन

सायल गाउँपालिका–४ का पदम विक विगत पाँच वर्षदेखि जिल्ला सदरमुकाम सिलगढीमा आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । बाबुबाजेका पालादेखि आफ्नै गाउँमा आरन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको उहाँको परिवार पछिल्लो समय सदरमुकाम सरेपछि गाउँका कृषकले सास्ती भोग्नुपरेको छ । अहिले सायलका कृषक कृषि औजार बोकेर एक दिनको यात्रा गर्दै पदमले सदरमुकाममा सञ्चालन गरेको आरनमा धाउने गरेका छन् ।

गाउँपालिकाद्वारा आधुनिक आरन उपकरण वितरण

लमजुङको दोर्दी गाउँपालिकाले पालिकाभित्र भएका आरन व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । परम्परादेखि आरन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका ९ जनालाई गाउँपालिकाले वेल्डिङ मेसिन, ग्रेन्डर, घन, रेतीलगायतका उपकरण वितरण गरेको हो । पालिका भित्रका प्रत्येक वडामा आरन व्यवसाय सञ्चालन गरिरहेको एक÷एक जना गरी ९ जनालाई व्यवसाय सञ्चालनका लागि विभिन्न ९ प्रकारका उपकरण वितरण गरिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख गोविन्दराज सेढाईले बताए । सेढाईका अनुसार प्रतिव्यवसायीलाई ढुवानीसहित ३० हजार मूल्यबराबरको कुल २ लाख ७० हजराको उपकरण वितरण गरिएको हो ।