त्रिकोणात्मक एकदिवसीय सिरिज : आज जिम्बावे ‘ए’ सँग तेस्रो खेल खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार जिम्बावे ‘ए’सँग तेस्रो खेल खेल्दैछ। नेपाल र जिम्बावे ‘ए’ बीचको आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेल सोमबार वर्षाका कारण अवरुद्ध भएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले ४.३ ओभरमा दुई विकेट गुमा