कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं : कोरियन भाषा परीक्षा आजदेखि सुरु हुने भएको छ।कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि असार ३ सम्म सञ्चालन हुन लागेको हो। इपिएस शाखाका अनुसार परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा सञ्चालन हुने छ। जस अनुसार पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरु हुनेछ भने दोस्रो सिफ्ट बिहान साढ