६ वर्षमा पनि सम्पन्न भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरू भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धूलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम शुरू गरेको ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धूलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ । निर्माण भइरहेको धुलाम्मे सडकमा निर्माण व्यवसायीले पानी समेत हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी राधा श्रेष्ठ आफ्नो घरअघि सधैं पानी हाल्छिन् । सडकको धूलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले बताइन् । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको उनको गुनासो छ । आर्थिक वर्ष २०७५/७६ मै सक्नेगरी २०७२ मै ठेक्का भएको ७ किमी सडक ६ वर्षदेखि अलपत्र छ । शुरूमा सडकको दायाँ–बायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दाँया–बाँया ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए । यो सहमतिअनुसार पनि ठाउँ–ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धूलो र वर्षामा हिलोले पीडित छन् । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आव २०७६/७७ सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन । आव २०७७/७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।      संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ता ढुंगानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् । कालोपत्र गर्न ग्राभेल थुपारेको ६ महीनासम्म पनि सडकमा बिच्छ्याइएको छैन । सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउने लगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडक छेउका धेरै स्थानीयवासी पीडित छन् । पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीहरूलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय राजेन्द्र श्रेष्ठले बताए । ढिलोचाँडो सडक विस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँचवटा ठूला–साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ । करोडौं लागतमा सडक विस्तार भए पनि पैदलमार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउँछन् । रासस

सम्बन्धित सामग्री

सात किमी सडक सात वर्षमा पनि कालोपत्र हुँदैन भने…

मुलुकको भौतिक पूर्वाधार विकासमा ढिलासुस्ती र लापरवाही हुन हदसम्म छ भन्न उदाहरण बन्न पुगेको छ काठमाडौंको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक । यो सडक बिस्तार सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको …

सात वर्ष बित्यो, सात किलोमिटर सडक बनेन

काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ […] The post सात वर्ष बित्यो, सात किलोमिटर सडक बनेन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सात वर्षमा पनि सडक कालोपत्र भएन, स्थानीय मारमा

काठमाडौँ– जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । […]

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन

काठमाडाैँ- जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ। काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ। यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ। निर्माण भइरहेको धुलाम्य सडकमा […]

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन !

काठमाडौँ - जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको सात वर्षमा पनि पूरा हुन सकेको छैन । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले समस्या हुने गरेको छ । धुलोले यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्...

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन !

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ ।  काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्मे सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् ।गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्छन् । सडकको धुल

ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक

काठमाडौँ । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।