सर्वोच्चमा अब गोला प्रणालीबाट पेसी : मंसिर १५ देखि न्यायाधीश काममा फर्कने, प्रधान न्यायाधीशसँग बेन्च सेयर नगर्ने

काठमाडौं :  सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिने भएको छ। आज सर्वोच्चका न्यायाधीशहरु बैठकले गोलाप्रथाबाट पेसी तोक्ने सहमत गरेका हुन्। न्यायाधीशहरुको सहमतिबाट भएको निर्णय कार्यान्वयनका लागि हस्ताक्षर गर्न प्रधानन्यायाधीशकहाँ आजै पठाइएको छ।  सो निर्णय राजपत्रमा प्रकाशन भएपछि गोला प्रणालीबाट पेसी तोकिनेछ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको 'बहिर्गमन'…