४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१  जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।उपप्रमुख थापाले केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू च

सम्बन्धित सामग्री

एमाले महाधिवेशन: युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट छानिए चार प्रतिनिधि

एमाले महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, […]

जुम्लाबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि

जुम्ला– जुम्लामा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । खुलातर्फ बलबहादुर महत, टेकराज पछाई, शान्तिलाल महत, रतननाथ योगीलाई प्रतिनिधि चयन गरिएको छ । त्यसैगरी महिलातर्फ मेनका पछाई, चुक्की शाही रहेको नेकपा एमाले प्रचार विभाग मूल व्यवस्थापन समितिका प्रमुख सुमन आचार्यले बताए । दलिततर्फ राम नेपाली चयन भएको उनले जानकारी दिए […]

महोत्तरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा सहमति जुटेन

महोत्तरी– नेकपा एमाले महोत्तरीको महाधिवेशन प्रतिनिधि चयन गर्न बसेको बैठक शनिबार पनि निष्कर्षबिहीन बनेको छ । महाधिवेशन प्रतिनिधिका आकांक्षीबीच विवाद भएपछि बैठकमा सहमति जुट्न सकेन । सर्वसम्मतिमा चयन हुने अवस्था नदेखिएपछि आइतबार जिल्ला कार्यालयको बैठक बसेर निर्वाचन आयोग गठन गर्ने तयारी भइरहेको नेकपा एमाले महोत्तरीले जनाएको छ । महोत्तरीमा एमालेका लगभग १७ हजार ७ सय […]

कपिलवस्तुबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

कपिलवस्तु– नेकपा एमाले केन्द्रीय महाधिवेशनका लागि कपिलवस्तुबाट प्रतिनिधि चयन भएका छन् । जिल्लामा रहेका ३ निर्वाचन क्षेत्रबाट १८ महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । क्षेत्र नम्बर १ बाट दुई महिलासहित आठ जना प्रतिनिधि चयन भएका छन् । जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम थारु, प्रदेश सभा सदस्य विष्णु पन्थी, डम्मर शर्मा, प्रभा पौडेल, विश्व कार्की, […]

एमाले महाधिवेशन :  कर्णालीका चार जिल्लाबाट ४३ प्रतिनिधि चुनिए

सुर्खेत : मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौँ महाधिवेशनका लागि कर्णालीका विभिन्न जिल्लाबाट एमालेले प्रतिनिधि चयन गर्ने काम थालेको छ।हालसम्म कर्णालीका चारवटा जिल्ला (कालिकोट, जाजरकोट, हुम्लार दैलेख) मा एमालेले सर्वसम्मत महाधिवेशन पदाधिकारीको टुंगो लगाएको छ। महाधिवेशनका लागि एमाले हुम्लाले ११ प्रतिनिधिको नाम टुंगो लगाएको छ।एमाले हुम्ला अध्यक्ष दल रावलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरूमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामाङ

प्रेस चौतारीबाट एमाले महाधिवेशन ५ प्रतिनिधि चयन

२७ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् । अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट र अर्याल चौतारीका पूर्व […]

आज देशैभर एमाले महाधिवेशन प्रतिनिधि छनौट हुँदै

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि आज शनिवार देशैभर महाधिवेशन प्रतिनिधिको चयन हुँदैछ । भूगोलमा संगठित सदस्यका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट र अन्य पेशागत संघसंगठन लगायतबाट एमालेले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दैछ । आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा प्रतिनिधि चयन गर्न अपिल गरेका छन् ।

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

एमाले महाधिवेशन : मकवानपुरबाट छानिए १७ जना प्रतिनिधि (नामावलीसहित)

नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । एमाले मकवानपुरले बिहीबार सर्वसम्मत रुपमा १७ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो । ९ हजार २६८ जना संगठित सदस्य रहेको एमाले मकवानपुरले चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौट गरेको एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए ।महाधिवेशन प्रतिनिधि छनौटका लागि कात्तिक २७ गते निर्वाचन कार्यक्रम तय गरिएको थियो । १७ प्रतिनिधिका लागि ७३ जनाले उम्मेदवारी दिएका भए पनि