काठमाण्डौ – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि स्वदेशी र विदेशी गरी झण्डै २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् ।
आयोगले पर्यवेक्षणका लागि गरेको आह्वान अनुसार आवेदन दिइ स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका तथ्याँक अनुमान गर्दा झण्डै २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । विदेशीतर्फ अहिलेसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् ।
उहाँले केही पर्यवेक्षक संस्थाहरुलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभइ दूरदराजका मतद...