तीन दिनदेखि बेपत्ता व्यक्ति मृतावस्थामा फेला

बैतडी । तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् ।  मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८, काला गाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन् । विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन् । उनले भने, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देख

सम्बन्धित सामग्री

बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृतावस्थामा फेला

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

सिमकोट । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ । फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै […]

बुटवलको जंगलमा श्रीमान-श्रीमती मृतावस्थामा फेला

रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा श्रीमान् श्रीमती मृताअवस्थामा फेला परेका छन् ।बुटवल ११ स्थित  देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ  मृतावस्थामा फेला परेका  प्रहरीले जनाएका छ  । जंगलमा शव सुकिसकेको अवस्थामा स्थानीयहरुले  फेला परेपछि प्रहरीलाई खबर  गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीले घरेदेखि  बेपत्ता भएको एक महिनापछि जंगलमा मृताअवस्थामा फेला परेको जानकारी दिए ।

बेपत्ता युवा ६ दिनपछि मृतावस्थामा फेला

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा

पहिरोले पुरिएर पर्वतमा पाँच जनाको मृत्यु, तीन जना बेपत्ता

पर्वत : यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन्। गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्।          पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया…

पर्वतमा बाढीले बगाउँदा बेपत्ता भएका चौधरी २० दिनपछि मृत भेटिए

पर्वतको कुश्मास्थित सुन्दरे खोलाले बगाउँदा बेपत्ता भएकामध्ये एक जना २० दिनपछि मृतावस्थामा फेला परेका छन् ।

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्था फेला परेका छन् ।  अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले  जानकारी दिए ।बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्थामा फेला परेका छन् । अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले  जानकारी दिए । बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति मृतावस्थामा फेला

बैतडी : तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन्। मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन्। विष्ट सुर्नया गाउँपालिका-६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। चैत २ गते हरिद्वार…