चार्टर्ड फ्लाइट ठगी प्रकरण : सरकारी छानबिन समितिले नै सिफारिश गर्दा पनि भएन कारवाही

कोभिड महामारीका बेलामा अन्तर्राष्ट्रिय चार्टर्ड विमानमा यात्रुहरूसँग निर्धारितभन्दा बढी भाडा लिने विमान कम्पनीहरूलाई हालसम्म कारवाही हुन सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि निर्धारित दरभन्दा बढी भाडा लिएको भन्दै कारवाहीका लागि सिफारिश गरेर प्रतिवेदन बुझाउँदा समेत कारवाही हुन नसकेको हो । हवाई भाडा महंगो भएको सम्बन्धमा उजुरी परेपछि मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा २०७८ असार ७ गते छानबिन समिति गठन गरेको थियो । ...