पूर्वराजामाथि कमल थापाको ‘चार्ज’ : निर्मल निवासले पनि खोल्यो फायर

पार्टीको एकता महाधिवेशनमा आफूभन्दा जुनियर नेता राजेन्द्र लिङ्देनसँग हार बेहोर्न बाध्य भएपछि राप्रपा अध्यक्ष कमल थापाले लगातार पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि ‘चार्ज’ गरेका छन् ।निर्मल निवासले भने हारको पीडामा थापाले अनावश्यक आरोप लगाएर आफैंलाई नङ्ग्याएको प्रतिक्रिया दिएको छ ।कमल थापाको आरोपप्रति चर्चा गर्र्दै पूर्वराजाका संवाद  सचिव फणि पाठकले  पूर्वराजाको चिन्ता र चासो देश र जनताप्रति बाहेक अरु कसैमा नरहेको बताए । पूर्व राजाको चासो कुनै पार्टी र नेतृत्वप्रति न