अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण जित्यो

सीएनएन।टोकियो ओलम्पिकको दोस्रो दिन अमेरिकाले पहिलो स्वर्ण पदक हात पारेको छ।‘४०० मिटर इन्डिभिजुअल मेड्ले’ मा चेस कालिजले अमेरिकालाई स्वर्ण पदक दिलाएका हुन्।सोही प्रतिस्पर्धामा अमेरिकाकै जे लिथरल्याण्डले रजत पदक र अष्ट्रेलियाका ब्रेन्डन स्थिमले काश्य पदक जिते। कालिजले उक्त प्रतिस्पर्धा ४ मिनेट ०९.४२ सेकेण्डमा पूरा गरे।कालिजको यो दोस्रो ओलम्पिक मेडल हो। उनले सन् २०१६ मा सोही इभेन्टमा रजत पदक जितेका थिए।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक, जहाँ जो फेरि स्वर्ण पदक जित्न चुकेनन्

ओलम्पिक  खेलकुदमा पदक जित्न सजिलो छैन। कुनै खेलाडीका लागि मात्र नभएर देशका लागि पनि एउटा पदक जित्नु  पनि सामान्य हुँदैन। आइतबार सकिएको टोकियो ओलम्पिक खेलकुद २०२० कै कुरा गर्ने हो भने ६५ देशले मात्र कम्तीमा एउटा स्वर्ण जिते अनि ९३ देशले मात्र पदक जित्न सफल भए। प्रतियोगितामा २ सय ५ देश र शरर्णाथी टोली सहभागिता […]

टोकियो ओलम्पिक : ९२ राष्ट्रले जिते पदक, ६५ देशले हात पारे ३२८ स्वर्ण

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिनसम्म आइपुग्दा ९२ राष्ट्रले स्वर्ण, रजत र कास्यमध्ये कुनै न कुनै पदक हात पारेका छन्।स्वर्ण पदक भने हालसम्म ६५ राष्ट्रले मात्र जितेका छन्। हालसम्म ३२८ स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। हालसम्म चीनले ३८,अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०, अष्ट्रेलियाले १७, नेदरल्याण्ड्सले १०, जर्मनीले १० र इटालीले १० वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जित्यो

काठमाडौं :  टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो।ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए। खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए।खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोल

टोकियो ओलम्पिक : महिला फुटबलको स्वर्ण पदक क्यानडालाई

काठमाडौँ- टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ । शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण […]

टोकियो ओलम्पिक : इटलीका मार्सेल ज्याकोब्सले जिते पुरुष सय मिटर दौडमा स्वर्ण

१७ साउन, काठमाडौं । इटलीका लामोन्ट मार्सेल ज्याकोब्सले पुरुष सय मिटर दौडमा स्वर्ण जितेका छन् । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा ज्याकोब्सले ९.८० सेकेण्डमा दूरी पूरा गर्दै पुरुष १०० मिटर स्प्रीन्ट स्वर्ण जितेका हुन् । अमेरिकाका फ्रेड केरलेले ९.८४ सेकेण्डमा दूरी पूरा गर्दै रजत जित्दा क्यानडाका आन्द्रे डे ग्रासले ९.८९ सेकेण्डसहित कास्य पदक जिते […]

टोकियो ओलम्पिक २०२० : ४९ देशले जिते स्वर्ण

काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा हालसम्म ४९ राष्ट्रले एक वा बढी स्वर्णपदक हात पार्न सफल भएका छन्। सबैभन्दा बढी चीनले २१ स्वर्ण पदक जितेको छ। हालसम्म जापानले १७, अमेरिकाले १६, रुसी खेलाडीले ११, अष्ट्रेलियाले १०, बेलायतले ८,दक्षिण कोरियाले ५, फ्रान्सले ४, नेदरल्याण्ड्सले ४, न्यूजिल्याण्डले ४, जर्मनीले ३, क्यानडाले ३, स्वीट्जरल्याण्डले ३, चेक रिपब्लिकले ३ र क्रोएसियाले ३ वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते । […]

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। बीस पटकको ग्राण्डस्लाम उपाधि विजेता रोजर फेडेररले र बेलयातकी नम्बर एक जोहाना कोन्टाले टोकियो ओलम्पिक नखेल्ने भएका छन्। ३९ वर्षीय फेडेररले कुर्कुच्चाको शल्यक्रिया गर्नुपर्ने भएका कारण टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्। फेडेररले बेइजिङ ओलम्पिकमा दुई स्वर्ण पदक जितेका थिए भने लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए। ३० वर्षीया कोन्टा कोभिड–१९ संक्रमित भएका कारण नखेल्ने भएकी हुन्।

सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। पूर्वविश्व नम्बर एक सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने भएकी छन्। सोमबारबाट सुरू हुने विम्बल्डन टेनिसअघि सरेनाले टोकियो ओलम्पिक नखेल्ने बताएकी हुन्। तर उनले कारण भने खुलाएकी छैनन्। अमेरिकाकी ३९ वर्षीया सेरेनाले ओलम्पिकमा चार पटक स्वर्ण पटक जितिसकेकी छन्। उनले लण्डन ओलम्पिकमा एकल र युगल, सिड्नी आलम्पिकमा युगल र बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण पदक जितेकी थिइन्।

चार पटकका स्वर्ण पदक विजेता फराहले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी।चार पटकको ओलम्पिक स्वर्ण पदक विजेता मो.फराहले टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन्। म्यानचेस्टरमा सम्पन्न १० हजार मिटर दौडको छनोटमा फराह १९ सेकेण्डले पछाडि परेका हुन्। २७ मिनेट २८ सेकेण्डमा दुरी पार गर्नु पर्नेमा फराहले २७ मिनेट ४७.०४ सेकेण्डमा दुरी पार गरेका थिए। फराहले लन्डन ओलम्पिक र रियो ओलम्पिकमा १० र पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।