अमेरिकाको चेतावनी, ‘उत्तर कोरियाले कुनै पनि बेला परमाणु परीक्षण गर्नसक्छ’

एक अमेरिकी अधिकारीले उत्तर कोरियाले जुनसुकै बेला परमाणु परीक्षण गर्न सक्ने चेतावनी दिएका छन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमको यस्तो चेतावनी उत्तर कोरियाले आइतबार आठ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बेला आएको हो ।यसैबीच अमेरिकी उप(विदेशमन्त्री वेन्डी शर्मनले उत्तर कोरियाले यस्तो कुनै पनि आणविक परीक्षण गरेमा त्यसको तत्काल र कडा जवाफ दिइने बताएकी छिन्।उत्तर कोरियाले पछिल्लो पाँच वर्षमा कुनै पनि आणविक परीक्षण गरेको छैन । तर पछिल्ला दिनहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।