काठमाडौँ उपत्यकामा सबै प्रतिबन्ध हटाइयो

काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले शुक्रवार एक आदेश जारी गरी कोरोना संक्रमण रोकथामका लागि यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको बताएको छ। कोरोना संक्रमण घट्दै गएपछि आज (शनिबार)देखि लागू हुनेगरी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप […]

सम्बन्धित सामग्री

अनुमति नलिएका २ सय बढी प्लटिङका जग्गा किनबेचमा प्रतिबन्ध !

काठमाडौँ उपत्यकामा अनाधिकृत प्लटिङ बढेपछि जग्गा रोक लगाउने अवस्था सिर्जना भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अनुमति नलिई भईरहेका प्लटिङको जग्गा रोक लगाउने तयारी थालेको हो । प्राधिकरणले अनुमति नलिई गरिएका २ सय बढी प्लटिङका जग्गा रोक्का राख्न सुक्ष्म तयारी गरिरहेको बताएको छ । भक्तपुर र ललितपुर २ सय भन्द्या बढी ठाउँमा बिना अनुमति प्लटिङ भईरहेको पाईएको प्राधिकरणले जनाएको छ । यी ठाउँको जग्गा तत्काल रोक्का राखिने छ । कित्ता नम्बर खोजिँदै उपत्यका विकास प्राधिकरणले अनुमति नलिई प्लटिङ भईरहेका ठाउँको जग्गाको कित्ता खोज्ने काम गरिरहेको छ । यसका लागि छुट्टै टोली नै बनाएर खटाईएको प्राधिकरण स्रोतले बताएको छ । स्रोतका अनुसार कित्ता नम्बर खोज्न खटाईएको टोलीका सदस्यहरुको विवरण गोप्य राखिएको छ । यो टोलीले धेरै ठाउँको कित्ता नम्बर फेला पारिसकेको छ ।सबै ठाउँको कित्ता नम्बर भेटिएपछि एकुमष्ट रुपमा सम्बन्धित जिल्लाको जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेर जग्गा रोक्का राखिने छ । ‘मापदण्ड पूरा गरे फुकुवा गरिदिन्छौँ’प्राधिकरणले अनाधिकृत प्लटिङको जग्गा तत्काल रोक्का राखेपनि डेभलपर्सहरुले तोकिएको मापदण्ड पूरा गरे पछि फुकुवा गरिदिने जनाएको छ । मापदण्ड अनुसार ५ प्रतिशत खुला ठाउँ र २० फिटको बाटो कायम गरेर आए रोक्का राखेपछि पनि फुकुवा गरिदिने प्राधिकरण स्रोत बताउँछ । तर, यदि मापदण्ड पूरा गर्न नसकेको खण्डमा भने रोक्का राखिएका प्लटिङको जग्गाको किनबेचमा पूणर्रुपमा बन्देज लगाईनेछ ।अहिले अधिकांश प्लटिङमा जम्मा १३ फिटको मात्रै बाटो पाईएको प्राधिकरणको अनुभव छ ।