अर्थमन्त्रीसँगको वार्तापछि व्यवसायीको आन्दोलन स्थगन

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेपछि पूर्वका उद्योगी तथा व्यवसायीले आन्दोलन स्थगन गरेका छन्। बुधबार अर्थमन्त्री पौडेलसँगको वार्तापछि पत्रकार सम्मलेन गरी पूर्वका ६ वटा वाणिज्य संघले वार्तामा भएको सहमति कार्यान्वयन हुने भन्दै आन्दोलन फिर्ता लिएको जनाएका हुन्। उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरू एक महिनादेखि महँगो ब्याजदर र चालुपूँजी कर्जा मार्गदर्शनविरुद्ध आन्दोलनमा थिए। नयाँ सरकार गठन भएसँगै अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए।  

सम्बन्धित सामग्री

अर्थमन्त्रीसँगको छलफलपछि व्यवसायीको आन्दोलन स्थगित

काठमाडौ । चर्को ब्याजदरविरुद्ध आन्दोलन गरिररहेका व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नयाँ सरकार बनेपछि समस्या समाधानको पहल गर्ने आश्वासन पाएपछि उनीहरुले आन्दोलन स्थगन गरेका हुन्। बुधबार आन्दोलनरत पूर्वका व्यवसायीसँग अर्थमन्त्री विष्णु पौडेलले छलफल गरेका छन् । अर्थमन्त्रालयको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले नेतृत्व गरेकी थिइन् । उनले अर्थमन्त्रीसँगको छलफलपछि ब्याजदरविरुद्धको […]