क्रिप्टोकरेन्सीलाई टेवा बन्द गर्न बैंकहरुलाई चीनको आदेश

असार ८, पेचिङ (चीन) । चीनले क्रिप्टोकरेन्सीमाथि कडाई बढाएको छ । बैंक तथा भुक्तानी मञ्चहरुलाई डिजिटल करेन्सीको कारोबारलाई टेवा बन्द गर्न आदेश दिएको छ ।  शुक्रवार भने शिचुआन प्रान्तमा बिट्क्वाइन माइनिङ सञ्चालन बन्द गरिएको थियो । यो खबरपछि वार बिट्क्वाइनको भाउ १० प्रतिशतभन्दा धेरैले घटेको थियो । तर मंगलवार एशियाली कारोबारमा भाउ स्थिर रहेको बीबीसीले समाचारमा भनेको छ ।  अप्रिलमा प्रतिगोटा ६३ हजार डलरमाथि पुगेको बिट्क्वाइनको भाउ अहिले ५० प्रतिशत तल छ । सोमवार चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले आफूले हालै कयौं प्रमुख बैंक र भुक्तानी कम्पनीहरुलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारविरुद्ध कठोर कदम चाल्न भनेको थियो ।  बैंकहरुलाई कारोबार, क्लियरिङ र राफसाफ लगायत सेवाका लागि क्रिप्टोकरेन्सी प्रयोग नगर्न आदेश दिइएको पीबीओसीले एक विज्ञप्तिमा भनेको थियो ।  आफूले पीबीओसीको निर्देशिका मान्ने र क्रिप्टोकरेन्सी माइनिङ र कारोबारमा संलग्न गैरकानूनी गतिविधि हुन नदिन सावधानी अपनाउने सम्पत्तिका आधारमा चीनको तेस्रो ठूलो बैंक एग्रिकल्चरल बैंक अफ चाइनाले भनेको थियो ।  चीनको पोष्टल सेभिङ बैंकले पनि क्रिप्टोकरेन्सीमा कुनै पनि कारोबारलाई सहजीकरण नगर्ने बताएको थियो ।  मोबाइल तथा अनलाइन भुक्तानी मञ्च अलिपेले पनि गैरकानूनी रुपमा हुने क्रिप्टोकरेन्सी कारोबार पत्ता लगाउन निगरानी प्रणाली स्थापना गर्ने बताएको छ ।  गत वर्ष विश्वको कुल बिट्क्वाइन उत्पादनमा चीनको अनुपात ६५ प्रतिशत रहेको थियो । गत महीना चीनको मन्त्री परिषद्ले वित्तीय जोखिम न्यूनीकरण गर्न क्रिप्टोकरेन्सी माइनिङ र कारोबारमा रोक लगाउने बताएको थियो । एजेन्सी  

सम्बन्धित सामग्री

घरजग्गाको कित्ताकाट खुल्दा सर्वसाधारणलाई धेरै ठूलो टेवा : महासचिव घिमिरे

काठमाडौँ  : नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताएका छन्।शनिवार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाई व्यवसाय गर्दै आएका व्यवसायीले भोग्नुपरिरहेका विभिन्न समस्या समाधानका लागि प्रयासरत रहनुपर्ने बताए।उनले आफ्नो उद्देश्य प्राप्तिका लागिसबै व्यवसायी एकजुट भइ अ

ग्लोबल आइएमई बैंकको ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.०८ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ । २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल […]

ग्लोबल आईएमईले ल्यायो 'ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा'

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ । याे याेजनाअन्तर्गत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा विना धितो प्रदान गरिने बैंकले जनाएकाे छ । यो कर्जा १२ दशमलव शून्य आठ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ । नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी २१ वर्ष वा त्याेभन्दा बढी उमेरका वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आईएमई बैंकमा कुनै पनि प्रकारको...

जुगल आरोहण खुल्ला, पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास

चौतारा– विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।  गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को […]

सामुदायिक वनबाट उद्यम विकास गरी आर्थिक समृद्धिमा टेवा

सामुदायिक वनबाट उल्लेखनीय योगदान पु¥याउने प्रतिबद्धता जनाउँदै सामुदायिक वनको यस सातौं राष्ट्रिय गोष्ठीले २५ बुँदे घोषणापत्र जारी गरेको छ ।आइतबारदेखि मंगलबारसम्म सञ्चालन भएको गोष्ठीले जारी गरेको घोषणपत्रले सामुदायिक वनबाट उद्यम विकास गरी मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्य राखेको छ ।सामुदायिक वनका पाँच दशकः बदलिंदो परिवेशका अवसरहरू भन्ने मूल नाराका साथ राज्य पुनःसंरचनापछि आयोजित सामुदायिक […]

पूर्वाधार विकासलाई टेवा पुग्ने गरी कानून बन्छ : मन्त्री कार्की

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधार विकासलाई टेवा पुग्ने कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको आजको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायी मैत्री कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले लो–बिडमा जाने परिपाटीका कारण […]

पूर्वाधार विकासलाई टेवा पुग्ने गरी कानुन बन्छः मन्त्री कार्की

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधार विकासलाई टेवा पुग्ने कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायीमैत्री कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले लो–बिडमा जाने परिपाटीका कारण निर्माण उद्योगमा समस्या […]

रेलवे सञ्चालनले आर्थिक विकासमा टेवा पुग्ने

जनकपुरधाम-लामो समयदेखि प्रतिक्षारत रेलवे सञ्चालनले जनकपुरधामसहित तराई मधेसको आर्थिक विकासमा टेवा पुग्ने भएको छ ।तराई मधेसका सीमावर्ती क्षेत्रमा एकमात्र जयनगर—जनकपुर—बर्दिबास रेलवे बन्द हुँदा सामान आयात निर्यातमा परेको असरले यस क्षेत्रको आर्थिक विकासमा नोक्सानी हुँदै आएको छ ।१० वर्षअघिसम्म रेलवे सञ्चालनले यस क्षेत्रको मालसामान ढुवानीमा निकै सहयोग हुने गथ्र्यो तर रेल सेवा बन्द हुँदा सडक मार्ग […]