कोपा अमेरिकामा पेरुद्वारा कोलम्बिया पराजित

काठमाडौं।ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलमा पेरु विजयी भएको छ। पेरुले कोलम्बियालाई २–१ ले हराएको हो। पेरुको जितमा सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका यारी मिनाले आत्मघाती गाल गरेका थिए। कोलम्बियाका मिगुएल ब्रोजाले एक गोल गरे। योसँगै पहिलो जित हात पारेको पेरु ३ अंकसहित समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको कोलम्बियामा दोस्रो स्थानमा छ।

सम्बन्धित सामग्री

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।