ढोरपाटन सिकार आरक्षको १८५ हेक्टर जग्गा अतिक्रमण

बागलुङ : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ। आरक्षणमा नेपाली सेनाको उपस्थितिपछि चोरी सिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन। ढोरपाटन सिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ। कार्यालयले निकालेको वार्षिक प्रतिवेदन २०७६/७७ मा सिकार आरक्षको विभिन्न ३४ स्थानमा करिब १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ। अतिक्रमित जग्गामा ३११ घरधुरी रहेको आरक्षले जनाएको छ।कार्यालयले बेलाबेलामा स्थानीयवासीलाई भेला गरा