काठमाडौँ – बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा बयान दिए लगत्तै कांग्रेस सांसद विनोद चौधरी श्रीलंका उडेका छन्। सिआइवीले तत्काली बाँसबारी छालजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा उनले बयान दिएका थिए। चौधरी दिउँसो करिब २ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत कोलम्बो प्रस्थान गरेका हुन्। नियमित कार्यतालिका अनुसार उनी श्रीलंका गएको चौधरीको सचिवालयले जनायो।