सांसदहरू भन्छन्– ‘आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियो’

काठमाण्डाै – सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । आज बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरूले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले कुटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरूले राजदूत नियुक्ति गर्दा आफन्तहरू छान्न नहुने धारणा राखे ।  बैठकमा बोल्दै नेकपा (...