इजरायलले केयरगिभर र कृषिमा हजार नेपाली कामदार लैजाने

काठमाडौं, पुस १ । इजरायलले पछिल्लो समय नेपालबाट विभिन्न क्षेत्रका लागि श्रमिक लैजाने चासो देखाउँदै आएको छ । यसअघि केयरगिभरमा मात्र श्रमिक लैजाँदै आएकोमा त्यहाँका अन्य क्षेत्रमा पनि नेपाली लैजाने चासो देखाएको हो । इजरायलले तत्कालै कृषि तथा केयरगिभर क्षेत्रमा थप १ हजारभन्दा बढी नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाइसकेको छ । यसअघि गएका १ हजार […]

सम्बन्धित सामग्री

बाँकी केयरगिभर पनि एक महिनाभित्र इजरायल पठाइने

दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयरगिभर)का लागि इजरायल सरकारले बाँकी नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार बाँकी रहेका नेपाली कामदार पहिलेकै प्रक्रियाद्वारा इजरायल पठाइनेछ । इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्ध...

इजरायल र कोरियाले थप क्षेत्रमा नेपाली कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् ।इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन […]

इजरायलले माग्यो एक हजार कामदार, विज्ञापन खोल्ने विभागको तयारी

काठमाडौं : इजरायलले एक हजार नेपाली कामदार माग गरेको छ। इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग भएको  वैदेशिक रोजगार विभागले  जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक र डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए।मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने

नेपाली कामदार इजरायल पठाउने निर्देशिका पारित

सरकारले इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले व्यहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।  सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ तर सम्झौता अनुसार रोजगारताले शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।  वैदेशिक रोजगार व...

इजरायलमा राेजागारीकाे आवेदन फागुनको दोस्रो साता, सफ्टवेयर तयार

सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ता भित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पुरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो हप्ता आवेदनको ढाँचा पुरा गरि दोस्रो हप्ता भित्रमा मन्त्रालय सँग छलफल गरि आवेदन खोल्ने गृहकार्य भईरहेको महानिर्देशक दहालले बताउनुभयो । इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसैअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । रोजगारीको लागि इजरायल जान इच्छुक कामदारले आवेदन खुला भएपछि आफै घरबाटै आवेदन दिन सक्नेछन् । बिभागले आवेदनको ढाँचा तयारी गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ ।आवेदन खुलेसंगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ ।       श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गर्नुभयो ।          प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको । सम्झौता अनुसार ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् ।          इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि विभिन्न चरणमा छलफल भई सहमति भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।           वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् ।

केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लान इजरायल तयार

उजिर कार्की/उज्यालो ।  काठमाडौं, साउन ३१ - इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । यसका लागि श्रम तथा रोजगार मन्त्राल...