मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टाेलीकाे बिदाइ

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलका लागि भारत जान लागेको राष्ट्रिय महिला टोलीलाई आइतवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ ।  ललितपुरकाे एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । बिदाइपछि बोल्दै नेपाली टोल...