घोडाघोडी नगरपालिकामा नवनिर्वाचित प्रमुखले सम्हाले पदभार

कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन् । सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनीयताको सपथ लिएपछि घोडाघोडी नगरपालिकाको कार्यकक्षमा पुगेर पदभार सम्हालेका हुन् ।उनी नगरपालिका पुग्दा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । रावतले आर्थिक वर्षभित्रै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन् ।रावतसमक्ष प्रमुख प्रशा