नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । प्रचण्ड साउन २६ गते स्वदेश फर्किने कार्यतालिका भएकाले त्यसपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरिसकेको छ । अध्यक्ष प्रचण्ड कमरेड जापान हुनुहुन्छ । उहाँ फर्किएपछि आयोगमा दल दर्ता गर्न जान्छौ’ पोखरेलले भने । दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले