मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताए । त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महत्त्वको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए । चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उनले भार