दसैँ नजिकिएसँगै बाँकेको नेपालगञ्जमा नवदुर्गाका मूर्ति बनाउने कालिगडको व्यस्तता बढेको छ। घटस्थापनादेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गाको पूजाअर्चना गर्ने परम्पराका कारण मूर्तिकारहरू निर्माणको अन्तिम तयारीमा जुटेका हुन्। नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिनादेखि मूर्ति निर्माणमा व्यस्त छन्। पराल, बाँस, माटो, भुस र दाउरा प्रयोग गरेर बनाइएका दुर्गा, लक्ष्मी, गणेश र कार्तिकेयका मूर्तिसँगै विभिन्न […]
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधानले गैरआवासीय नेपालीहरू स्वदेशमा केही माग्न नभई योगदान दिन आएको बताएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले विदेशमा रहेका नेपालीसँग पुँजीका साथै उच्च ज्ञान र सीपसमेत रहेकाले त्यसलाई नेपालको समृद्धिमा लगाउनुपर्नेमा जोड दिइन् । ‘हामी नेपालमा माग्न आएका होइनौँ, दिन आएका […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने मौसम विभागको पूर्वानुमानलाई गम्भीरतापूर्वक लिँदै तत्काल पूर्व तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराएकी छन्।