निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग संसद्ले गठन गरेको महाभियोग सिफारिस समितिमै गिजोल्ने प्रयास भएको छ । समिति सदस्यहरूका अनुसार बुधवार बसेको महाभियोग सिफारिस समितिको बैठकमा आज शुक्रवार बस्ने बैठकमार्फत जबरालाई पूरक प्रश्न सोध्ने र प्रतिवेदन तयार गर्ने सहमति भएको थियो ।तर त्यसविपरीत शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्ष एमालेका तर्फबाट समितिमा रहेका सांसदहरूले पूर्व सहमति विपरीत जबराले दिएको बयानको उतार पुन पढेर सुनाएपछिमात्रै हस्ताक्षर गर्नुपर्ने बताएका थिए । एमाले सां