अभियानसँगै विद्यालयदेखि सडकमा श्रमदान गर्दै माओवादीका नेता कार्यकर्ता

पर्वत : नेकपा (माओवादी केन्द्र) ले गत भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत माओवादीका नेताहरू यति बेला जनताका घर–घरमा पुगिरहेका छन्। जनतासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टीप्रतिको विश्वासलाई बढाउनुको साथै समग्र राजनीतिक सोचमा पनि रूपान्तरण गर्ने उद्देश्य बोकेर माओवादीका नेता तथा कार्यकर्ताहरू कोही आफ्नै क्षेत्रमा खटिरहेका छन् त कोही फरक क्षेत्रमा पुगेर पनि जनतासँग कुराकानी गरिरहेका छन्।तीन महिने अभियानका लागि पार्टीका केन्द्रीय सदस्यलाई जिल्