तपाईंको परिवारका सबै सदस्य एउटै काम गर्छन् ? पुख्र्यौली पेसा अँगाल्नु भएको छ कि अरु नै केही गर्दै हुनुहुन्छ ? विराटनगरको एउटा घरका पाँचै सदस्य डाक्टर छन् । तर उनीहरुको पेसा पुख्र्यौली नभए पनि दुई पुस्ताको भएको छ । पहिले बुबा, त्यसपछि दुई छोरा र दुई बुहारी डाक्टरै डाक्टर भएपछि उनीहरुको पारिवारिक वातावरण रमाइलो छ । परिवारमा फरक–फरक पेसा अँगाल्दा एकले अर्काको समस्या बुझ्न नसक्ने समस्या हुनसक्छ तर यस परिवारमा न त समस्या छ, न मनमुटाव ।