सामाजिक विकास कार्यालयको ३ करोड खर्च भएन्

सामाजिक विकास कार्यालय जुम्लाको ३ करोड ५ लाख बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । कार्यालयले आर्थिक बर्ष २०७६।०७७ लागि विनियोजित ९ करोड ५७ लाख बजेट मध्य आर्थिक वर्षको अन्त्य सम्म ६ करोड ४६ लाख पाँच हजार पाँच सय ९९ रुपैया खर्च भएको छ । सो मध्य ५४. ५१ प्रतिशत खर्च भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन तथा अन्य कारणले गर्दा ३ करोड ५ लाख खर्च हुन नसकि फिर्ता भएको हो । जुुम्लाको विकास र सृमद्धीका लागि विनियोजित बजेट सबै खर्च हुन नसकको यहाँको विकास पछि धकेलिनु हो । यसमा सम्बन्धी निकाय गम्भीर हुनै पर्दछ । सामाजिक विकास कार्यालय स्थापना भएको पहिलो वर्षमा त्यति प्रभावकारी तथा समन्वय सहकार्य राम्रो नभएको पाइयो ।