नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आज मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम […]