शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालिएको छ : विपद् प्राधिकरण

काठमाण्डाै - सरकारले शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालेको जनाएको छ । जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ अनुसार नै तयारी थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईका अनुसार सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिएको छ । पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै...