१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर र जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरूले धर्ना दिएका छन् । सर्वोच्च अदालतकै हाताभित्र पुगेर कानून व्यवसायीहरू धर्ना बसेका हुन् । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् । समस्या समाधानका लागि […]