गुल्मी : गुल्मीमा बेवारिसे शव फेला परेको छ। जिल्लाको इश्मा गापा–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा बेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए।शनिबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख दाहाल सहितको टोली अहिले सोही स्थलमै रहेकाले थप अनुसन्धान भइरहेको दाहालले बताए।शव सडेको अवस्थामा भएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। शरीरमा रातो चोलो र चुरा भएकाले यसैलाई आधार मानेर अनुसन्धान भइरहेको दाहाल