भारतको ७५औं स्वतन्त्रता दिवसमा मोदीले भनेः आतंकवाद र विस्तारवादसँग जुधिरहेका छौं

एजेन्सी, ३१ साउन । भारतको आज ७५औं स्वतन्त्रता दिवस । बेलायतबाट १५ अगष्ट सन् १९४७ मा स्वतन्त्र भएको भारतले आज विविध कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा आयोजित विशेष समारोहमा नयाँ दिल्लीस्थित लाल किल्लामा बोल्दै भारत आतंकवाद र विस्तारवाद गरी दुईवटा चुनौतीको एकैपटक सामना गरिरहेको बताएका छन् […]