आर्थिक नीति र कुटनीति नजान्नेलाई सरकारले राजदूत बनाएर पठाउँछ : परराष्ट्रविद् आचार्य

काठमाण्डाै – परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कुटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । आर्थिक कुटनीतिमा देश पछि परिरहँदा पूर्व परराष्ट्रसचिवसमेत रहनुभएका उहाँले देशको आर्थिक कुटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताउनुभयो ।  राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक नीति र कुटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण देशको आर्थिक कुटनीत...