एमाले महाधिवेशन : प्रचण्डले पठाए लीलामणि पोखरेल

एमालेको १० औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् ।