काठमाडौँ – पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएकाे छ। भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको हाे। राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले […]