सरकार निर्माण व्यवसायीको सहकार्यमा अघि बढ्ने

काठमाडौं। अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायीबिना विकासका काम सम्भव नभएको बताएका छन्। उनले निर्माण व्यवसायीबिना विकास असम्भव भएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको उनले बताए। आज भएको नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्याङ्कन गरी व्यवसाय गर्नसमेत आग्रह गरे। उनले भने,“क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिनुहोस्।”

सम्बन्धित सामग्री

कांग्रेसले आफू मात्रै खान खोज्दा सबै गुम्यो

यति बेला नयाँ सरकार निर्माण हुनेक्रममा छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ। तीन जना उपप्रधानमन्त्रीसहित प्रचण्डका सात सारथि खडा भएका छन्। यो सरकार निर्माणलाई कतिपय सन्दर्भमा अप्रत्याशित नतिजाको रूपमा लिइएको छ। नेपाली कांग्रेसले हातैमा रहेको नेतृत्व वा सरकारसँग रहेको सहकार्यमा विमुख हुनु परेको छ। यो अवस्थामा नेपाली कांग्रेसले अहिलेको […]