मन्त्रालय घटाएर खर्च घट्दैन

संघीयता बढी खर्चिलो भएको भन्दै आलोचना भइरहेका बेला प्रदेशहरूमा मन्त्रालय घटाउन थालिएको छ । सत्तामा टिकिरहनका लागि दलहरूले मन्त्रालय फुटाएर संख्या बढाएका थिए । अहिले तिनै मन्त्रालय हटाएर खर्च घटाएको प्रचारबाजी गरिएको छ । तर, मन्त्रालयको संख्या घटाउँदैमा उल्लेख्य रूपमा खर्च घट्ने भने देखिँदैन । अहिले राजस्वले सरकारी खर्च नधान्ने अवस्था आएको छ । खर्चिलो र बोझिलो प्रशासनिक संयन्त्र भए पनि सार्वजनिक सेवा प्रवाहको गुणस्तर भने ज्यादै न्यून छ । यस्तोमा यति ठूलो संयन्त्र आवश्यक देखिँदैन । त्यसमाथि पनि मुलुक संघीयतामा गइसकेपछि संघीय सरकारमा जति मन्त्रालय, विभाग र समितिहरू छन् तीमध्ये अत्यधिकको आवश्यकता देखिँदैन र औचित्य पनि छैन । तर, राजनीतिक दलहरू संघीय सरकारका काम स्थानीय र प्रादेशिक सरकारलाई दिन तयार देखिँदैनन् । त्यही भएर चालू  खर्चको आकार बढ्दो छ । यस्तोमा खर्च कटौतीका लागि हुने प्रयासको प्रशंसा हुन्छ नै । त्यही प्रशंसा पाउने लोभ मात्रै देखिन्छ प्रदेशमा मन्त्रालय घटाउने निर्णय । मन्त्रालय हटे पनि त्यसमातहतका विभागहरू हटेका छैनन्, खालि मन्त्री मात्रै घट्ने हो । मन्त्रीका लागि मात्रै लाग्ने खर्च त्यति ठूलो होइन जति  अनावश्यक विभागहरू र तिनमा रहेका कर्मचारीका लागि हुन्छ । सरकारी खर्च कटौतीको नारा अहिलेको होइन । नयाँ सरकार बन्नासाथ खर्च कटौती गर्ने निर्णय हुन्छ तर सरकारी खर्च भने बढेको बढ्यै छ । खर्च कसरी घटाउन सकिन्छ र प्रभावकारी सेवा दिन सकिन्छ भनेर सरकारले कैयौं अध्ययन समिति बनाएको छ । तर, तिनका सुझावलाई कार्यान्वयन गरेको भने पाइँदैन । लोकतन्त्र र संघीयता खर्चिलो शासनविधि हो । यसको सही अभ्यासले मुलुकमा समृद्धि र स्थायित्व ल्याउँछ । तर, नेपालमा राजनीतिक दलभित्र मौलाएको विकृत सोच र अभ्यासका कारण यो शासनपद्धति सफल नबनेको हो र आममानिसले संघीयताप्रति प्रश्न उठाएका छन् । जनताको यो प्रश्नलाई सरकारले आफ्नो कामद्वारा उत्तर दिने हो । परिणाममुखी काम गर्ने हो भने सरकार आफैले गठन गरेको सार्वजनिक खर्च पुनरवलोकन समिति तथा अन्य समितिहरूले दिएका प्रतिवेदन कार्यान्वयन गरे पुग्छ । तर, सरकार त्यो कार्यान्वयन नै गर्न चाहँदैन किनकि यसो गर्दा उसले मनपरी गर्न पाउँदैन ।

सम्बन्धित सामग्री

खर्च कटौती प्रस्ताव पेस

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गरेका छन् । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी सात सांसदले फरक–फरक प्रस्ताव पेस गरेका हुन् । सांसद डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, […]

मन्त्रालय फुटाउँदा राज्यकोषमा १० करोडभन्दा बढी व्यभार

शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पुऱ्याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थालेका हुन् । हाल २१ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हने देखिएको छ । यो समाच

'मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ।...

चारवटा मन्त्रालयद्वारा खर्च कटौतीको माग

विनियोजन विधेयक २०७९–८० बाट खर्च कटौती गर्न चारवटा मन्त्रालयले संसदमा प्रस्ताव पेस गरेका छन् । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विनियोजन विधेयकबाट आफ्ना मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् ।

बागमतीमा बढे मन्त्रालय तर बढेन बजेट खर्च

हेटौंडा : बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि बजेट खर्च गत वर्षकै लयमा गर्ने भएको छ। खर्च बढाउन आर्थिक वर्षको अन्तिममा जथाभावी बजेट बाँड्दै आएको प्रदेश सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने देखिएको हो।चालू आवको १० महिनामा प्रदेश सरकारले गरेको निराशाजनक बजेट खर्चले यस वर्ष पनि आवको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च हुने छाँट देखिएको हो। चालू आवको १० महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको ३५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अ

पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर

काठमाडौं, चैत २४। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो । भौतिक […]

मन्त्रालय फुटाएका  प्रदेश सरकारको चालू खर्च  बढ्यो, पुँजीगत खर्च घट्यो

अघिल्लो वर्षको तुलनामा चालू वर्षको ६ महिनामा चालू खर्च ४.०२ प्रतिशतले बढ्दा पुँजीगत ३.०६ प्रतिशतले घटेको छ मन्त्रालयको संख्या अत्यधिक बढाएका प्रदेशहरूको समग्रमा चालू खर्च बढेको छ भने पुँजीगत खर्च घटेको...

मन्त्रालय बढेपछि खर्च कटौती गर्दै प्रदेश सरकार

विराटनगर, माघ २० । विद्यमान सातओटा मन्त्रालयबाट विस्तार गरेर १२ पुर्‍याएको प्रदेश सरकारले आर्थिक भार नपर्नेगरी मन्त्रालय सञ्चालनको तयारी गरेको छ । १२ मन्त्रालय पुर्‍याएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारले कामको आवश्यकताअनुसार आर्थिक भार नबढ्नेगरी मन्त्रालय विस्तार गरेको दाबी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी सातओटा मन्त्रालयलाई […]

मन्त्रालय र मन्त्री संख्या बढाएर खर्च बढ्दैन : मन्त्री आङ्वो

१ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले मन्त्रालय र मन्त्रीको संख्या बढाएर आर्थिक भार नबढ्ने दाबी गरेका छन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालयलाई बढाएर १२ वटा बनाउने निर्णय गरेको छ । मन्त्रालयको संख्या बढाएको भन्दै तीव्र आलोचना भइरहेका बेला मन्त्री आङ्वोले मन्त्रालय विस्तार गरिएको भए पनि थप आर्थिक बोझ नबढाउनेमा सरकार सचेत रहेको बताए । सरकारी कार्यालयमै मन्त्रालय राख्ने र अहिले भइरहेकै मन्त्रालयबाट छुट्याइएको प्रशासनिक खर्च गर्ने समेत उनले बताए । थप सवारीसाधन पनि खरिद नगर्ने समेत उनल...

पुँजीगत बजेटको खर्च बढाउन आवश्यक मापदण्ड बनाउँदै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले पुँजीगत बजेटको खर्च बढाउन मापदण्ड बनाउने भएको छ । बजेटमा पुँजीगत खर्च हुँदै नहुने र चालू खर्च मात्र हुने स्थिति अन्त्य गर्न यस्तो मापदण्ड बनाउन लागिएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने मापदण्ड बनिरहेको बताए । उनले देशको पुँजीगत खर्चको अवस्था सुधार गर्न यस्तो मापदण्ड आवश्यक परेको बताए । उनले भने, ‘चालू खर्चमात्र बढिरहेको अवस्थामा पुँजीगत खर्च बढाउने हाम्रो उद्देश्य हो ।’सोहीअनुरुप, प्रत्येक महिना १० प्रतिशत पुँज