हाम्रा अस्पताल छतमा हेलिप्याड राख्न सक्ने,अक्सिजन प्लाण्ट राख्न नसक्ने

काठमाडौं। निजी अस्पतालहरूले अक्सिजनको अभाव भन्दै नयाँ विरामी भर्ना लिन बन्द गरेका छन्। विरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाउने अस्पतालहरूले आफ्नो भवनको छतमा हेलिकोप्टर ल्याण्ड गर्न मिल्नेगरी हेलिप्याड बनाएका छन्। ग्रान्डी अस्पताल, मेडिसिटी अस्पताल,अल्का अस्पताललगायतले अक्सिजनको व्यवस्था गर्न नसकिने भन्दै नयाँ विरामी भर्ना लिन बन्द गरेका छन्। तर, अक्सिजन प्लान्ट राख्न नसकेको भन्दै जनस्तरबाट उनीहरूको चर्को आलोचना भइरहेको छ।