कार्यदलले आफ्नो अपुरो प्रतिवेदन बुझाउने

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले आज शीर्ष नेतालाई आफ्नो अपुरो प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदन आज एक बजे बुझाउने तयारी थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका शीर्ष नेताहरुलाई २ बजे छलफलका लागि बोलाएपछि प्रतिवेदन बुझाउने समय सरेको हो । जसपाका नेताहरु राष्ट्रपति कार्यालयबाट फर्केपछि प्रतिवेदन बुझाउने बताइएको छ ।कार्यदलमा सबै सिटहरुमा सहमति हुन सकेन । जेजति सहमति भएका छन्, त्यही अनुसार आजै प्रतिवेदन बुझाउन लागेको कार्यदलका एक सदस्यले बताए । प्रतिनिधिसभा

सम्बन्धित सामग्री

सिट बाँडफाँट कार्यदलको बैठक सकियो, के भयो छलफल ?

काठमाडौँ । सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो ।  सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने काँग्रेस महामन्त्री […]

सिट बाँडफाँट कार्यदलले मंगलबार शीर्ष नेतालाई अपुरो प्रतिवेदन बुझाउने

सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो । सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने कांग्रेस महामन्त्री समेत रहेका कार्यदल सदस्य गगन थापाले जानकारी दिए । उनले दलहरूले आआफ्नो दाबी नछोडेकाले सहमति जुट्न नसकेको पनि बताए । ‘अहिलेसम्म कुनै सहमति जुटे