हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

चितवन, १० वैशाख । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी […]

सम्बन्धित सामग्री

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको  हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए ।हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिए  । एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो ।