बढ्दो महँगी र सुस्ताएको अनुगमन

बजारमा निरन्तर रूपमा बढिरहेको महँगीको मारले आम उपभोक्तालाई पीडित बनाइरहेको छ । समग्र मूल्यवृद्धिको पछिल्लो तथ्यांक हेर्ने हो भने मुलुकमा महँगी ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बजारमा महँगीको ग्राफ उकालो लाग्नुमा एकातर्फ अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि कारकका रूपमा रहेको छ भने अर्कातिर आन्तरिक बजारमा देखिएका बेथितिहरू पनि उत्तिकै जिम्मेवार छन् । अन्तर्राष्ट्रिय बजारमा […]

सम्बन्धित सामग्री

सांसदको प्रश्न– गरिबको दशैं कसरी टर्छ ?

काठमाडौं । सांसदहरूले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।     सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि माग गरे । ‘गरिबको दशैं यसपालि कसरी टर्छ ?’ उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास ।’  सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्यांकन तदारुकता गर्न ध्यानाकर्षण गराए । उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए ।   सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरू नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे । उनले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरे ।   सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे ।   सांसद मेनका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताए । सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे । रासस

नुवाकोटमा बजार अनुगमन

बढ्दो महँगी नियन्त्रण गर्न जिल्लामा बजार अनुगमन थालिएको छ । बिहीबार विदुर नगरपालिका १ र २ वडाभित्रका ठूला खाद्यान्न, मदिरा, फार्मेसीलगायत आधा दर्जनभन्दा बढी पसल तथा गोदामको स्थानीय प्रशासनको अगुवाई अनुगमन गरिएको हो ।

महँगी नियन्त्रण गर्न नुवाकोटमा बजार अनुगमन

दसैं लगायत चाडलाई लक्षित गरेर बढ्दो महँगी नियन्त्रण गर्न नुवाकोटमा बजार अनुगमन गरिएको छ । मंगलबार लिखु गाउँपालिका १ को ढिकुरे र वडा नं ५ को थानसिङ, अमिलबोटे साथै सूर्यगढी गाउँपालिका ५ को फेदीबेसी क्षेत्रका पसलहरूमा अनुगमन गरिएको हो।

महँगी रोक्न भन्दै नुवाकोटमा बजार अनुगमन

बढ्दो महँगी नियन्त्रणका लागि भन्दै जिल्लामा बजार अनुगमन गरिएको छ । बुधबार नुवाकोटको ढिकुरे, गंगटे, बट्टारबजारका एकदर्जन पसल तथा पानी उद्योगदेखि बोतलका पेय पदार्थदेखि पिउने पानी, खाद्यान्न सप्लायर्स, कस्मेटिक पसल, मोबाइल बिक्री केन्द्र, किराना पसलहरुको अनुगमन गरिएको हो ।

महँगी र कालोबजारी नियन्त्रण प्रयास,अब स्रोतमै निगरानी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो ।

कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

काठमाडौं, असार ३० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको […]

कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो ।“यसअघि हुँदै आएको अनुुगमनलाई निरन्तरता दिँदै आएका छौँ, अबको मुुख्य अनुुगमन मुुहान सफाइमा केन्द्रित गर्ने तयारी गरेका छौँ । मुहानमा धेरै बेथिति रहेकाले य

बजार अनुगमन गर्न एकीकृत योजना

सरकारले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सबै सरोकारवाला निकायसहितको एकीकृत योजना सार्वजनिक गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी नियन्त्रण गर्न एक्लो विभागको सीमित जनशक्तिबाट मात्रै सम्भव नहुने भएकाले सम्पूर्ण सरोकारवाला निकाय जिम्मेवार भएर अहिलेको अवस्थालाई सुधार गर्ने उद्देश्यले एकीकृत योजना सार्वजनिक गरेको हो ।